१०७ औ अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाली नारी समाज पोर्तुगलले छलफल कार्यक्रम गर्ने

३, मार्च २०१७, लिस्बोन | 

१०७ औ अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा भोलि  ५ मार्च आइतवार दिनको ३ बजे महिलाहरुको समस्या महिलाहरु बाटै समाधान गर्ने प्रयासले "पोर्चुगलमा रहेका महिलाहरुको जीवन कसरी सहज बनाउन सकिन्छ" भन्ने विषयमा नेपाली नारी समाज पोर्तुगलले एक बृहत छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ | 



सो कार्यक्रममा पोर्तुगलमा रहेका नेपाली नारीहरुका समस्या उपर कानुनी परापर्शको जानकारीका  साथै केही व्यूटि टिप्सहरु (जाडो वा गर्मी महिनामा अनुहारको छालाको हेरचाह, नेल आर्ट सम्वन्धी केही जानकारीहरु) पनि राखिएको नेपाली नारी समाज को अध्यक्ष सीता बरालले भोइस अफ नेपाललाई जानकारी दिनुभयो | प्रवाशमा र लिस्बोनमा हुने  अधिकांस कार्यक्रमहरुको ढाचामा हेरफेर गर्दै  यसपालिको कार्यक्रम खादा, आशन र भासण रहित हुने जानकारी समेत प्राप्त भएको छ | सो कार्यक्रम नेपाली दिदीबहिनीहरुलाई निकै नै उपयोगी हुने भएकोले  कार्यक्रममा उपस्थितको लागी पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दिदीवहिनीहरुलाई नेपाली नारी समाज पोर्तुगलले  हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम को बिवरण :
स्थान : एभरेष्ट रेष्टुरेन्ट (CNAI नजिकै) 
समय :  दिनको ३ बजे 
मिति : मार्च ५, २०१७  आईतवार


Share on Google Plus

0 comments:

Post a Comment

यसमा तपाइको मत:
फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।
Address for sending news/views/Article/comments : Email - voiceofnepal.tv@gmail.com - सम्पादक